पदाधिकारी बन्न रास्वपाले तोक्यो मापदण्ड, विभाग प्रमुख हुन १२ देखी मास्टर्स गरेको हुनुपर्ने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पदाधिकारी बन्न रास्वपाले तोक्यो मापदण्ड, विभाग प्रमुख हुन १२ देखी मास्टर्स गरेको हुनुपर्ने


१८ श्रावण २०८०, बिहिबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पदाधिकारीका लागि विभिन्न मापदण्ड तय गरेको छ । रास्वपाको केन्द्रीय समिति बैठकले केन्द्र, प्रदेश र स्थानीय तहका विभागमा रहने पदाधिकारी तथा सदस्यका लागि मापदण्ड तय गरेका हो । 

अब रास्वपामा केन्द्रीय विभागमा पदाधिकारी, सदस्य वा प्रदेश विभाग प्रमुख हुन सम्बन्धित विषयमा स्नातकोत्तर (मास्टर्स) गरेको हुनुपर्ने, सम्बन्धित क्षेत्रमा १० वर्ष अनुभव वा असाधारण सफलता हासिल गरेको व्यक्ति हुनुपर्ने छ ।

यसैगरी प्रदेश विभाग पदाधिकारी, सदस्य वा पालिका विभाग प्रमुख हुन सम्बन्धित विषयमा स्नातक (ब्याच्लर्स) गरेको हुनुपर्ने, पाँच वर्षको अनुभव वा असाधारण सफलता हासिल गरेको व्यक्ति हुनुपर्ने छ भने पालिका विभाग पदाधिकारी र सदस्य हुन १२ कक्षा पास भएको हुनुपर्ने छ । यस्तै, दुई वर्ष अनुभव भएको तथा असाधारण सफलता हासिल गरेको व्यक्ति हुनुपर्ने छ । 

Tags :
प्रतिक्रिया दिनुहोस