बझाङका संयोजकको निलम्बन फुकुवासहित यस्ता छन् रास्वपाका निर्णय « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

बझाङका संयोजकको निलम्बन फुकुवासहित यस्ता छन् रास्वपाका निर्णय


१८ श्रावण २०८०, बिहिबार


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले बझाङका संयोजक नगेन्द्र खड्काको निलम्बन फुकुवा गरेको छ ।

पत्रकार सुनिल मण्डेललाई आक्रमण गरेको आरोप लागेका उनलाई जिल्ला संयोजकबाट हटाइएको थियो । पार्टीले गरेको छानबिनका क्रममा खड्का दोषी नदेखिएकाले पदमा पुनर्बहाली गरिएको रास्वपाले जनाएको छ । 

पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले रुपन्देहीमा पार्टी कार्यकर्ता विच भएको झगडा संलग्न दामोदर खत्रीलाई तीन महिनाको लागि निलम्बन गरेको छ । खत्री पार्टीमा फर्कन चाहेर सोही अनुसार योगदान गरेको पुष्टि भए तिन महिनापछि पार्टीले निलम्बन फुकुवा गर्ने निर्णय लिन सक्ने बताइएको छ । 

बैठकले केन्द्रीय अनुशासन आयोगको नियमावली पारित गरेको छ । नियमावली पारित भएसँगै पार्टी हित विपरीत कार्य गर्नेका लागि अनुशासनको कारबाही गर्ने विधि तय भएको पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

बैठकले पार्टी दस्ताबेज तयार गर्नका लागि १७ जनाको टोलीलाई गाउँ पठाउने निर्णय गरेको छ । टोली १५ दिन जनता माझ गएर मतदाताको अपेक्षा बुझ्ने ढकालले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस