योजना आयोगका उपाध्यक्ष र युनिसेफ नेपाल प्रतिनिधिबीच भेट « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

योजना आयोगका उपाध्यक्ष र युनिसेफ नेपाल प्रतिनिधिबीच भेट


१८ श्रावण २०८०, बिहिबार


काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र संयुक्त राष्ट्रिय संघीय नियोग (युनिसेफ) की नेपाल प्रतिनिधि एलिस अकुंगाबीच भेटवार्ता भएको छ ।

युनिसेफको नेपाल प्रतिनिधिका रूपमा आएकी अकुंगाले बिहीबार सिंहदरवारस्थि आयोगको कार्यालयमा शिष्टाचार भेटवार्ता भएको हो ।

उपाध्यक्ष श्रेष्ठले नेपाल प्रतिनिधि अंकुगालाई स्वागत गर्दै युनिसेफले नेपालमा गर्दै आएको सहयोगको प्रशंसा गरे ।

युनिसेफले नेपालमा स्वास्थ्य, पोषण, खानेपानी, तथा वातावरण, शिक्षा लगायतका काम गर्दै आएको भन्दै आगामी दिनमा पनि सहकार्य निरन्तर हुने उपाध्यक्ष श्रेष्ठले बताए ।

सन् १९६४ देखि नेपालमा काम गर्न सुरु गरेको युनिसेफले सन् १९६८ मा काठमाडौंमा सम्पर्क कार्यालय र सन् १९७२ मा पूर्ण आकारको कार्यालय स्थापना गरेको थियो ।

केन्याकी नागरिक अकुंगा केन्या, मलावी, नाइजेरिया, इस्वाटिनी, मालदिभ्स र अफगानिस्तानमा लगायतका देशमा बालबालिकाका क्षेत्रमा दुई दशकभन्दा बढी काम गरेको अनुभव छ ।

Tags :
प्रतिक्रिया दिनुहोस