यी २९ विमानस्थलमा दिउँसो साढे १२ बजेपछि उडान गर्न रोक « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

यी २९ विमानस्थलमा दिउँसो साढे १२ बजेपछि उडान गर्न रोक


१८ श्रावण २०८०, बिहिबार


काठमाडौँ । खराब मौसमका कारण हुनसक्ने हवाई दुर्घटनाको जोखिमलाई न्यूनीकरण गर्न दुर्गम भेगका २९ वटा विमानस्थलमा जुलाईदेखि सेप्टेम्बरसम्म (तीन महिना) दिउँसो साढे बाह्र बजेपछि व्यावसायिक/चार्टर उडान गर्न नपाइने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबारदेखि लागू हुने गरी यो निर्णय गरेको हो ।

यो नियम अनुसार, अब ताप्लेजुङ, मनाङ, जोमसोम, फाप्लु, सिमकोट, भोजपुर, डोल्पा, थामखर्क, रारा, मसिनेचौर, बाजुरा, साँफेबगर, चौरजहारी, दाङ, रुम्जाटार, बैतडी, डोटी, टिकापुर, महेन्द्रनगर, इलाम, खिजिचण्डेश्वरी, गुल्मी, सल्ले, खानिडाडा, काँगेलडाडा, बाग्लुङ, दार्चुला र मेघौली विमानस्थलमा १२:३० बजेपछि उडान हुने छैनन् ।

प्राधिकरणको विमानस्थल सञ्चालन निर्देशिकाले उडान सञ्चालनको समय बिहान ६:४५ देखि दिउँसो १२:३० सम्म तोकेको छ । तर, वायुसेवाहरूको अनुरोधमा प्राधिकरणले ५ वर्षअघि यो नियम खुकुलो बनाउँदै वायुसेवाहरूलाई १२ः३० पछि पनि चार्टर/व्यावसायिक उडान अनुमति जारी गर्दै आइरहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस