गोपनीयता भङ्ग हुने भएकाले बैठकको लाइभ गरिएन : माधव सापकोटा « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

गोपनीयता भङ्ग हुने भएकाले बैठकको लाइभ गरिएन : माधव सापकोटा


१७ श्रावण २०८०, बुधबार


काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का केन्द्रीय समिति सदस्य माधव सापकोटाले बैठकको गोपनीयता भङ्ग हुने भएकाले पार्टी केन्द्रीय समिति बैठकको लाइभ नगरिएको बताएका छन् ।

बुधबार बसेको पार्टीको केन्द्रीय समितिको बैठक लाइभ गर्नु भनेको बैठकको मूल आत्मालाई नै मार्नु भएकाले लाइभ नगरिएको उनले बताए ।

उनले भने, ‘बैठक लाइभ गर्नु भनेको मूल आत्मालाई मार्नु हो । किनभने बैठक आन्तरिक हो, घरायसी हो । नेतृत्वको आलोचना गर्ने, सुझाव दिने कुरा हो । लाइभ गर्दा गोपनीयता भङ्ग हुन्छ । त्यसलाई आन्तरिक रूपमा सीमित गरिएको हो ।’

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफलका विषयहरू राखिसकेपछि १८ जना केन्द्रीय समिति सदस्यहरूले आफ्नो धारणा राखेका छन् । अध्यक्ष दाहालले सङ्गठनात्मक संरचना भद्दा र चुस्त नभएको र अब चुस्त बनाएर लैजानुपर्ने धारणा राखेको सापकोटाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस