नक्कली लालपुर्जा दिने एक संस्थाका कागजात नियन्त्रणमा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नक्कली लालपुर्जा दिने एक संस्थाका कागजात नियन्त्रणमा


१७ श्रावण २०८०, बुधबार


काठमाडौँ । बुटवल उपमहानगरपालिकाले नक्कली लालपुर्जा दिने र गैरकानुनी रूपमा रकम सङ्कलन गर्ने टोल विकास संस्थाका कागजात नियन्त्रणमा लिएको छ ।

बुटवल-११ न्यु दुर्गानगर टोल विकास संस्थाले जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको र रकम सङ्कलन गरेको सूचनाका आधारमा मङ्गलवार दिउँसो पुगेको उपमहानगरको टोलीले नक्कली लालपुर्जा, रकम सङ्कलन गरेका रसिद, जग्गा रजिस्ट्रेसन किताब र अन्य सामग्री नियन्त्रणमा लिएको हो ।

टोल विकास संस्थाले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर काम गरेको र अवैध रूपमा लालपुर्जा वितरण गर्ने र रकम सङ्कलन गर्ने काम गरेकाले सबै कागजात अनुसन्धानका लागि नियन्त्रणमा लिएको भू-उपयोग तथा भूमि व्यवस्थापन शाखाले जनाएको छ । 

टोल विकास संस्थाको क्षेत्राधिकार बाहिर गएर जग्गासम्बन्धी काम गरेको पाइएकाले संस्थालाई आवश्यक कारबाही गरिने शाखाले जनाएको छ ।

संस्थाले लालपुर्जाका नाममा १ हजार र अन्य शुल्कहरू लिँदै आएको स्थानीय स्थानीयले बताएका छन् ।  

Tags :
प्रतिक्रिया दिनुहोस