रवि लामिछानेद्वारा चितवनमा निःशुल्क ब्लु बस सञ्चालन, यस्ता छन् थप कार्यक्रम « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

रवि लामिछानेद्वारा चितवनमा निःशुल्क ब्लु बस सञ्चालन, यस्ता छन् थप कार्यक्रम


१७ श्रावण २०८०, बुधबार


काठमाडौँ । चितवन क्षेत्र नम्बर २ बाट दोस्रो पटक निर्वाचित भएको १०० दिनको अवसर पारेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विभिन्न कार्यक्रम घोषणा गरेका छन् ।

क्षेत्र नम्बर २ लक्षित कार्यकारी अधिकृतको नियुक्ति र पदस्थापनदेखि स्वास्थ्य बीमा, महिलाहरूका लागि निशूल्क बस, ६५ वर्ष नाघेका वृद्ध-वृद्धाका लागि घरमै पुगेर निशूल्क स्वास्थ्य जाँच, नमूना विद्यालय निर्माण गर्ने लगायतका घोषणा गरेका छन् ।

निर्वाचित भएको १०० दिनसम्मको तयारी पछि उनले घोषणा गरेका कार्यक्रम, कार्यालय सञ्चालन, कार्यकारी अधिकृत जस्ता विषयले निर्वाचित क्षेत्रमा सांसदको खर्च बढाउने गरी सार्वजनिक भएका छन् । ३२ सिटे निजी बसलाई मासिक १ लाख ३५ हजार रुपैयाँ भाडा तिर्ने गरी भाडामा लिइएको सांसद रवि लामिछानेको सचिवालयले जनाएको छ सो बसमा महिलाहरू मात्रै चढ्न पाउने छन् र उनीहरूले बसको भाडा तिर्नुपदैन ।

भाडामा चल्ने बसको पुरानो स्वरूपको रङ्लाई बदलेर राष्ट्रिय स्वतन्त्र पार्टीको चिन्ह निलो रंग लगाइएको छ । हरेक दिन बिहान बस कालिका नगरपालिकाको शक्तिखोरदेखि चल्न सुरु गरेर जुटपानी, खोलेसिमल पदमपुर हुँदै भरतपुर पुग्ने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस