२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अबदेखि पाइलटलाई ‘सन्तुष्ट’ बनाएर मात्र जहाज उड्ने

अ+ अ-

काठमाडौँ । अबदेखि एयरलाइन्सहरूले पाइलटलाई सन्तुष्ट बनाएर मात्र जहाज उडान गराउनुपर्ने भएको छ । साउन १२ गते उड्डयन सेवा निर्देशनालयका उपमहानिर्देशक प्रेमनाथ ठाकुरको संयोजकमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

अहिलेसम्म भएका अधिकांश हवाई दुर्घटनामा पाइलटलाई दोषी देखाइँदै आएको छ । सो अवस्थाको अन्त्य गर्न पनि प्लेन उडाउनुअघि पाइलटको अवस्थाबारे ध्यान दिन खोजिएको नागरिक उड्डयन प्राधिकरण स्रोतले बताएको छ । 

मनसुनका समयमा हवाई उडान सतर्कता अपनाउनेबारे विभिन्न विषयमा भएको छलफलमा प्राधिकरणको १४ गते गरेको निर्णय कार्यान्वयन चरणमा लगिएको हो । सो बैठकले ५ वटा निर्णय गरेको थियो ।

बैठकले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण नागरिक उड्डयन नियमावली २०५८’ को परिच्छेद १० नियम ६५ ‘ख’ मा भएको व्यवस्था कडाइसाथ लागू गर्न उड्डयन तथा हवाई सुरक्षा नियमन निर्देशनालय मार्फत सञ्चालनमा रहेका विभिन्न एयरलाइन्सलाई पत्राचार गरी उक्त निर्णय कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।

सो नियमावलीको परिच्छेद १० मा प्रमुख वायुयान चालक (पाइलट इन कमाण्ड) सन्तुष्ट हुनुपर्ने उल्लेख छ । यदि पाइलट सन्तुष्ट छैन भने ऊ सन्तुष्ट नभएसम्म उडान गर्न नदिने निर्णय क्यानले गरेको हो । बढ्दो हवाई दुर्घटना न्यूनीकरण गर्न उड्डयन नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले पाइलटलाई सन्तुष्ट बनाउनै पर्ने व्यवस्था गरेको हो ।

क्यानका अनुसार पाइलटले आफूले उडाउने जहाजको कण्डिसन, जहाज पुग्नुपर्ने गन्तव्यसम्मका मौसम, जहाजको तौललगायतको विषयमा सन्तुष्ट हुनुपर्ने भनिएको हो । 

प्रतिक्रिया दिनुहोस