भ्रष्टाचार विरुद्धका प्रयासले जनतामा उत्साहको नयाँ रक्तसञ्चार पैदा भयो : प्रधानमन्त्री « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

भ्रष्टाचार विरुद्धका प्रयासले जनतामा उत्साहको नयाँ रक्तसञ्चार पैदा भयो : प्रधानमन्त्री


१४ श्रावण २०८०, आइतबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार विरुद्ध र सुशासनको पक्षमा थालिएका महत्त्वपूर्ण प्रयासहरूले जनतामा उत्साहको नयाँ रक्तसञ्चार पैदा भएको बताएका छन्।

वाम बुद्धिजीवी माधव मरहट्ठाको जीवनीमा आधारित ‘‘माधव सर’’ पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘पछिल्लो समय भ्रष्टाचार विरुद्ध र सुशासनको पक्षमा महत्त्वपूर्ण प्रयासहरूले जनतामा उत्साहको नयाँ रक्तसञ्चार पैदा भएको छ । यसले नयाँ राष्ट्रिय एकता र समुन्नतिको जग आधार खडा भएको छ।’

यस सन्दर्भमा दाहालले सरकारको भ्रष्टाचारविरोधी अभियानमा दृढतापूर्वक साथ र सहयोग एवं ऐक्यबद्धता व्यक्त गर्ने आम जनसमुदायमा आभारसमेत प्रकट गरे।

प्रधानमन्त्री दाहालले वर्तमान सरकार नेपालको वाम लोकतान्त्रिक आन्दोलनको मर्म र भावनाअनुरूप बदलिएको व्यवस्था अनुसार जनताको अवस्था बदल्न र सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित गुणात्मक सुधारका पक्षमा क्रियाशील भइरहेको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस