मोरङमा जन्मसिद्धका साढे ४ हजार सन्तानले पाए वंशजको नागरिकता « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

मोरङमा जन्मसिद्धका साढे ४ हजार सन्तानले पाए वंशजको नागरिकता


१४ श्रावण २०८०, आइतबार


काठमाडौँ । मोरङमा जन्मसिद्धका सन्तानले नागरिकता पाउन अझै डेढ वर्ष भन्दा बढी समय लाग्ने देखिएको छ । जन्मसिद्धका सन्तानलाई वंशजको आधारमा नागरिकता दिलाउने प्रक्रिया सुरु भए पनि धेरै निवेदन परेकाले समय लाग्ने भएको हो ।

जिल्ला प्रशासन कार्यालय मोरङले दैनिक ८० वटा सम्म जन्मका आधार पाउने नागरिकता वितरण गर्ने गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमा अहिले सम्म १२ हजार जनाले नागरिकताका लागि निवेदन दिएका छन् । निवेदन दिएकाहरूले पुससम्ममा नागरिकता पाइसक्ने जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

मोरङमा करिब ५० देखि ६० हजारको हाराहारीमा अझै नागरिकताका लागि कुरिरहेको अनुमान गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले अहिले सम्म ४ हजार ५ सय जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता वितरण गरेको छ ।

जन्मसिद्ध नागरिकता प्राप्त गरेका नेपाली नागरिकका सन्तानले नागरिकता पाउने बाटो खुलेपछि ४ हजार ५ सय बढीले नागरिकता प्राप्त गरेको मोरङ प्रशासनले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस