४० माइक्रोनभन्दा कम मोटाइको प्लास्टिक प्रतिबन्ध, पोलिथिन नाप्न बालेनले खटाए टोली « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

४० माइक्रोनभन्दा कम मोटाइको प्लास्टिक प्रतिबन्ध, पोलिथिन नाप्न बालेनले खटाए टोली


१२ श्रावण २०८०, शुक्रबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ४० माइक्रोनभन्दा कम मोटाइको प्लास्टिक उपयोगमा प्रतिबन्ध लगाएको छ । जसको कार्यान्वयनका लागि अबदेखि महानगरले पोलिथिनको मोटाइ नाप्न टोली परिचालन गरी अनुगमन गर्ने भएको छ ।

मेयर बालेन्द्र साह ‘बालेन’ले माइक्रोमिटरबाट पोलिथिनको मोटाइ नापेर प्रयोग गरिने उल्लेख गरेका छन् । महानगरलाई भन्दा पनि महानगरबासी र वातावरणका लागि यसो गरिएको उनको भनाइ छ ।

उनले अहिलेसम्म बिग्रिएको अवस्थामा सुधार ल्याउन र बचेको अवस्थालाई संरक्षण गर्न मानव आचरण र व्यावसायिक क्रियाकलापमा सुधार गर्नुपर्ने बताउँदै महानगरभित्र ४० माइक्रोनभन्दा कम मोटाइको प्लास्टिक उपयोग गर्न प्रतिबन्ध लगाएको जनाए ।

‘नागरिकको स्वच्छ वातावरणमा स्वास्थ्य भएर बाँच्न पाउने संरक्षण गर्न काठमाडौँ महानगरपालिकाले ४० माइक्रोनभन्दा कम मोटाइका पोलिथिन झोला, नक्कली फूल र सवावटका वस्तु तथा सामग्री महानगरपालिकाभित्र ल्याउन, भण्डारण गर्न र बिक्री गर्न प्रतिबन्ध लगाएको छ’, मेयर बालेनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

जसका लागि महानगरपालिकाले प्रहरीको क्षेत्रबाट ४ र केन्द्रबाट एउटा गरी ५ टोली खटाइ प्रयोग भइरहेका प्लास्टिकको जाँच गर्ने मेयर बालेनले उल्लेख गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस