काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले छाउनीस्थित वीरेन्द्र अस्पतालको निरीक्षण भ्रमण गरेका छन् ।
आज (बिहीबार) खड्काले अस्पतालको निरीक्षण गरेका हुन् ।
उनलाई प्रधान सेनापति महारथी प्रभुराम शर्माले स्वागत गर्दै नेपाली सेनाको स्वास्थ्य सेवा तथा कल्याणकारी गतिविधिबारे संक्षिप्त जानकारी गराएका थिए ।
रक्षा मन्त्रीसमेत रहेका खड्काले अस्पतालको जीओजीडी कम्प्लेक्स, इमरजेन्सी वार्ड, ट्रमा हल तथा तथा अस्पतालका विभिन्न आपीडीहरुका साथै भविष्यमा निर्माण गर्ने योजनामा रहेको एमसीटीसी इलाकाको अवलोकन गरेका थिए ।
सो अवसरमा अस्पतालका कमाण्डाण्ट प्राविधिक सहायक रथी डा. भरत बहादुर भण्डारीले अस्पतालको विविध गतिविधिबारे प्रस्तुतीकरण मार्फत जानकारी गराएका थिए । कार्यवाहक प्रधानमन्त्री खड्काले वीरेन्द्र अस्पताल र नेपाली सेनाको समग्र स्वास्थ्य सेवा क्षेत्रमा विद्यमान नीतिगत लगायतका सबै समस्याहरू समाधानका लागि आवश्यक पहल थाल्न निर्देशन दिए ।
