अर्थले पठायो लघुवित्त पीडितसँग वार्ताका लागि समन्वय गरिदिन सिडिओ कार्यालयलाई पत्र « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

अर्थले पठायो लघुवित्त पीडितसँग वार्ताका लागि समन्वय गरिदिन सिडिओ कार्यालयलाई पत्र


११ श्रावण २०८०, बिहिबार


काठमाडौँ । अर्थ मन्त्रालयले लघुवित्त पीडित समितिसँग वार्ताको समन्वय गराइदिन जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई पत्र पठाएको छ ।

लघुवित्त पीडितको माग सम्बोधन गर्न संवाद र छलफलका लागि अर्थ मन्त्रालयका सहसचिव भुपाल बरालको संयोजनमा वार्ता टोली गठन गरेको छ ।

सो टोलीमा गृह मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल राष्ट्र बैंकका प्रतिनिधि रहनेछन् । सोही टोलीसँग वार्ता गर्न सहजीकरणको लागि सिडिओ कार्यालयलाई अर्थले गुहारेको हो । अहिले लघुवित्त पीडितहरूले सडकबाटै आन्दोलन गरिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस