भन्सारबाट हुने अवैध कारोबार रोक्न सबै सरकारी निकायको समन्वय आवश्यक : अर्थमन्त्री « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

भन्सारबाट हुने अवैध कारोबार रोक्न सबै सरकारी निकायको समन्वय आवश्यक : अर्थमन्त्री


११ श्रावण २०८०, बिहिबार


भन्सारबाट हुने अवैध कारोबार रोक्न सबै सरकारी निकायको समन्वय आवश्यक : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने तस्करी वा अन्य अवान्छित गतिविधि नियन्त्रणमा सबै सरकारी निकायको समन्वयात्मक भूमिका आवश्यक रहेको बताएका छन् ।

करिब एक क्विन्टल सुन प्रकरणमा पनि एउटा सरकारी निकायको सूचनाको आधारमा अर्को सरकारी निकायले बरामद गरेको भन्दै उनले निराश नभई समन्वयात्मक ढङ्गले काम गर्नुपर्ने बताए ।

आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारको स्थलगत अनुगमन पछि पत्रकारहरूसँग कुरा गर्दै मन्त्री महतले विमानस्थलमा रहेका राजश्व अनुसन्धान विभाग, भन्सार विभाग, जनपद प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र नागरिक उड्डयन प्राधिकरणबीच राम्रो समन्वय भए अपराध न्यूनीकरण हुने बताए ।

त्यससँगै त्यहाँ जडित प्रविधिलाई पनि समयानुकूल स्तरोन्नति गर्नुपर्ने उनको भनाइ छ । प्रविधिलाई स्तरोन्नति गर्नका लागि चाहिने कुराहरूमा पनि अर्थ मन्त्रालयले पूरा सहयोग गर्ने मन्त्री महतले बताए ।

‘एउटैको भूमिकाले पूरा नतिजा आउँदैन । नाकालाई दुरुपयोग गर्ने, तस्करी गर्ने, अवैध कारोबार गर्ने प्रवृत्तिलाई टोटल रोक्नका लागि सबै निकायको समन्वयकारी भूमिका आवश्यक छ,’ मन्त्री महतले भने, ‘कुनै बहानामा हामीले उदासीनता देखाउने या आ-आफ्नो जिम्मेवारीमा क्रियाशील नहुने मान्य हुन सक्दैन ।’

अनुगमनको क्रममा यिनै विषयमा आफूले छलफल गरेको र सरकारी अधिकारीहरूले समन्वयात्मक ढङ्गले काम गर्ने प्रतिबद्धता जनाएको उनले जानकारी दिए ।

‘आउँदा दिनमा कुनै पनि छुट, कुनै पनि तहबाट, कुनै पनि बहानामा हुन नदिनेतर्फ सम्पूर्ण प्रयास उहाँहरूले गर्नुहुन्छ, भन्ने मैले विश्वास लिएको छु,’ उनले भने ।

त्रिभुवन विमानस्थल भन्सारबाट क्विन्टल सुन कसरी बाहिरिन सफल भयो भन्ने विषयमा अनुसन्धान जारी रहेको उनले जानकारी गराए । स्वतन्त्र रूपमा अनुसन्धान प्रक्रिया अघि बढिरहेको भन्दै उनले त्यसमा अर्थ मन्त्रालयले पूरा सहयोग गर्ने बताए ।

सम्बन्धित समाचार : सुन प्रकरणमा थप एक जना पक्राउ

सम्बन्धित समाचार : सुन प्रकरणमा विभागद्वारा व्यवसायी अडुकियाको घरमा छापा 

सम्बन्धित समाचार : सुन तस्करी प्रकरणका दोषीलाई कारबाहीको दायरामा ल्याउन काँग्रेसको माग

सम्बन्धित समाचार भरिया समातेर सुन तस्करीको नाइके उम्काउन खोजियो : राजेन्द्र लिङ्देन

सम्बन्धित समाचार : कर्मचारीलाई मात्रै सरुवा गरेर सुन प्रकरणको अनुसन्धान हुँदैन : रवि लामिछाने

सम्बन्धित समाचार सुन प्रकरणमा कर्मचारीमात्र नभई अर्थमन्त्री र गृहमन्त्रीकै संलग्नता छ : एमाले

सम्बन्धित समाचार सुन तस्करी प्रकरणमा रास्वपाद्वारा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

सम्बन्धित समाचार सुन तस्करी प्रकरणबारे गृहमन्त्रीको जवाफ माग्ने काँग्रेसको तयारी

सम्बन्धित समाचार गृहमन्त्रीलाई राप्रपाको प्रश्न-महरालाई किन पक्राउ नगरेको ?

सम्बन्धित समाचार : गृहमन्त्रीले राजीनामा होइन, सुन प्रकरणबारे जवाफ दिनुपर्छ : राप्रपा

सम्बन्धित समाचार सुन प्रकरणबारे ओलीको टिप्पणी : गृहमन्त्रीको गैर जिम्मेवारीले हद नाघ्यो, त्यत्तिकै छोड्दैनौँ

सम्बन्धित समाचार सुनकाण्डको अनुसन्धानका लागि विभागद्वारा प्रहरीसँग सहयोग माग 

सम्बन्धित समाचार पुरस्कारको व्यवस्थाले सय किलो सुन समात्यौँ : अर्थमन्त्री महत

सम्बन्धित समाचार : सुन तस्करीमा पक्राउ परेका ३ कर्मचारीसहित ६ जनामाथि अनुसन्धान गर्न ६ दिन म्याद थप 

सम्बन्धित समाचार : सुन तस्करी प्रकरणमा भन्सार अधिकृतसहित ६ जना पक्राउ

सम्बन्धित समाचार : सुन तस्करी सेटिङबिना सम्भव छैन, कुन तहसम्मको मिलेमतो छ भन्ने मात्रै हो

सम्बन्धित समाचार : सुन प्रकरणमा कार्गो सञ्चालक पक्राउ

सम्बन्धित समाचार : विमानस्थल भन्सार गोदाममा थप ६ कार्टुन फेला, सुन भएको आशङ्का

सम्बन्धित समाचार : सुन प्रकरणको अनुसन्धान स्वतन्त्र र निष्पक्ष हुन्छ : गृहमन्त्री श्रेष्ठ

सम्बन्धित समाचार : गृहमन्त्री श्रेष्ठद्वारा विमानस्थल क्षेत्रको अनुगमन

सम्बन्धित समाचार : सुन बरामद प्रकरणः पक्राउ परेकाहरुलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

सम्बन्धित समाचार : सुन बरामद प्रकरणः थप एक जना चिनियाँ नागरिक पक्राउ

सम्बन्धित समाचार  : एयरपोर्टमा बरामद ‘ब्रेक सु’सहितको सुनको तौल राष्ट्र बैंकले जोख्दा १५५ केजी

सम्बन्धित समाचार : सुन बरामद प्रकरणः विमानस्थल भन्सार कार्यालयका अधिकृत र नायब सुब्बा निलम्बनमा

सम्बन्धित समाचार : परीक्षणका लागि आठवटा बाकसमा ल्याइयो बरामद सुन (तस्बिरहरू) 

सम्बन्धित समाचार : ब्रेकिंङ: थप सयौँ किलो सुन लुकाएको आशङ्कामा राजश्व महानिर्देशक विमानस्थलस्थित भन्सारमा

सम्बन्धित समाचार : सुन प्रकरणकाे छानबिनका लागि छ सदस्यीय समिति गठन

सम्बन्धित समाचार : सुन बरामद प्रकरण : एजेन्टसहित छ जना पक्राउ

सम्बन्धित समाचार : विमानस्थलबाट अहिलेसम्मकै ठूलो परिमाणमा सुन बरामद 

Tags :
प्रतिक्रिया दिनुहोस