काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक क्वीन्टल सुन प्रकरणको अनुसन्धान स्वतन्त्र, निष्पक्ष र निष्कर्षमा पुग्ने गरी हुने बताएका छन ।
उनले यस्ता घटनाहरूबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफूले दोषीलाई कारबाहीको दायरामा ल्याउन र निर्दोष नफसुन् भनेर यस अघि नै सम्बन्धित निकायलाई निर्देशन दिई सकेको पनि स्मरण गराए । आज सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सुरक्षा निकायका पूर्व उच्चअधिकारीहरुसँगको छलफल पछि गृहमन्त्री श्रेष्ठले दोषीलाई छिट्टै कानुनको दायरामा ल्याउने गरी अनुसन्धानको कामलाई अघि बढाइएको बताए । उनले अध्यागमन विभागमा प्रहरीको उपस्थितिलाई सुनिश्चित गर्ने विषयमा आफूले यस अघि पनि छलफल गरेको र त्यसलाई छिट्टै निष्कर्षमा पु¥याउने आश्वासन समेत दिए । अर्थ मन्त्रालयसँग समन्वय गरेर सो कामलाई अघि बढाउने गृहमन्त्री श्रेष्ठको भनाई थियो।
गृहमन्त्री श्रेष्ठले गृह मन्त्रालयको समग्र क्षेत्रको पुनर्संरचना गरेर सुशासन कायम गर्नका लागि आफूले एउटा कार्यदल नै बनाउने घोषणा गरिसकेको पनि दोहोर्याए । उनले कार्यदल अन्तरगत उपकार्यदल समेत बनाएर गृह मन्त्रालयको कामलाई प्रभावकारी बनाउनुपर्नेमा आफूले सुरु देखिनै जोड दिएको दावी समेत गरे।
गृहमन्त्री श्रेष्ठले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय अन्तरगत ल्याउने विषयमा पनि छलफल भईरहेको बताए।
सम्बन्धित समाचार : सुन बरामद प्रकरणः पक्राउ परेकाहरुलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
सम्बन्धित समाचार : सुन बरामद प्रकरणः थप एक जना चिनियाँ नागरिक पक्राउ
सम्बन्धित समाचार : एयरपोर्टमा बरामद ‘ब्रेक सु’सहितको सुनको तौल राष्ट्र बैंकले जोख्दा १५५ केजी
सम्बन्धित समाचार : सुन बरामद प्रकरणः विमानस्थल भन्सार कार्यालयका अधिकृत र नायब सुब्बा निलम्बनमा
सम्बन्धित समाचार : परीक्षणका लागि आठवटा बाकसमा ल्याइयो बरामद सुन (तस्बिरहरू)
सम्बन्धित समाचार : ब्रेकिंङ: थप सयौँ किलो सुन लुकाएको आशङ्कामा राजश्व महानिर्देशक विमानस्थलस्थित भन्सारमा
सम्बन्धित समाचार : सुन प्रकरणकाे छानबिनका लागि छ सदस्यीय समिति गठन
सम्बन्धित समाचार : सुन बरामद प्रकरण : एजेन्टसहित छ जना पक्राउ
सम्बन्धित समाचार : विमानस्थलबाट अहिलेसम्मकै ठूलो परिमाणमा सुन बरामद







