सुनकाण्डमा अन्य पार्टीको नेताको नाम आउँदा कांग्रेसका केही नेता चुप बसेको बस्नेतको आरोप « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

सुनकाण्डमा अन्य पार्टीको नेताको नाम आउँदा कांग्रेसका केही नेता चुप बसेको बस्नेतको आरोप


५ श्रावण २०८०, शुक्रबार


काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले सुन तस्करीमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराको नाम आएको भन्दै कांग्रेसका केही नेता भने आफ्नै पार्टीलाई खुइल्याउन हिँडेको आरोप लगाएका छन् ।

केन्द्रीय कार्य समिति जारी बैठकमा केन्द्रीय सदस्य बस्नेतले अरूको नाम आउँदा चुप लागेर बस्ने तर आफ्नो पार्टीका नेताको नाम आउँदा चैँ राजीनामा माग्ने धारणा गलत भएको बताए ।

उनले भने ‘सुन काण्डमा नारायणकाजीको नाम आयो, महराको नाम आयो । केपी ओलीको पनि नाम आएको छ । यो विषयमा नेपाली कांग्रेसले बोल्ने कि नबोल्ने ? हाम्रो साथीहरूको नाम आए चर्को चर्को कुरा गर्नुहुन्छ । जाऊ न त नारायण काजीको नाम आइसकेको छ ।

अब उहाँको विषयमा राजीनामा माग्न जाऔं । को को मान्छे सुन तस्करीमा परेका छन् । यो सुनको विषयमा छानबिन हुने कि नहुने ? साथीहरू गृहमन्त्रीकोमा जाने की नजाने ?

केन्द्रीय सदस्य बस्नेतले कांग्रेसभित्र कांग्रेसलाई खुइल्याउने प्रवृत्ति बढेको भन्दै अन्य दलका नेताहरूका गल्ती औंल्याउने क्षमता नदेखिएको बताए ।

उनले अब नेपाली कांग्रेसले आर्थिक क्रान्ति गर्नु पर्ने र जनताको हक अधिकारको लागि लड्नु पर्ने बताएका छन् ।

नेता ,सांसद र मन्त्री जो कोही पनि बन्छन् तर राजनेता हुन सक्नु पर्ने बस्नेतको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस