फिल्मको पोस्टर टाँस्नेलाई ५० हजार जरिवाना « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

फिल्मको पोस्टर टाँस्नेलाई ५० हजार जरिवाना


२ श्रावण २०८०, मंगलबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले फिल्मको पोस्टर टाँसेर प्रदूषण गरेको भन्दै ५० हजार रुपैयाँ जरिवाना तिराएको छ ।

महानगरपालिकाले नेपाली चलचित्र ‘वगान’को पोस्टर वितरकले जथाभावी टाँसेको भन्दै ५० हजार रुपैयाँ जरिवाना तिराएको हो ।

फिल्मको वितरक नेपाली वेवसाइट मिडिया हाउस प्रालिलाई महानगर प्रहरी बलले प्रशासनिक दण्ड जरिवाना अन्तर्गत जरिवाना गरेको नगर प्रहरी प्रमुख राजु पाण्डेले बताए । ‘दुष्य प्रदूषण र फोहोरमैला गरेको भन्दै जरिवाना तिराएका हौँ, महानगरभित्र जथाभावी पोस्टर टाँस्न पाइँदैन,’ पाण्डेले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस