के छ काँग्रेस रुपान्तरण अभियानले दिएको २१ सुझावमा ? (पूर्णपाठसहित) « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

के छ काँग्रेस रुपान्तरण अभियानले दिएको २१ सुझावमा ? (पूर्णपाठसहित)


२ श्रावण २०८०, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेस रूपान्तरण अभियानले मंगलबार पार्टी कार्यालयमा बुझाएको ज्ञापन पत्रमा २१ बुँदा समेटेर   काँग्रेसको रुपान्तरणका लागि सुझाव दिइएको छ ।

उक्त सुझवहरूमा सिद्दान्तहिन चुनावी गठबन्धन नगर्ने प्रतिबद्धता जनाउनुपर्ने, भ्रष्टाचारविरुद्ध सशक्त अभियान चलाउनुपर्ने, संविधान संसोधनका लागि अग्रसरता लिनुपर्ने, पार्टी विधानलाई अविलम्ब संशोधन गर्नुपर्ने, पार्टी सदस्यता प्रणालीलाई खुला, सहज र पारदर्शी बनाउनुपर्ने लगायतका सुझाव रहेका छन् ।  

काँग्रेस केन्द्रीय सदस्य मधु आचार्य, पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरेलगायत युवा नेताहरूले कांग्रेस रूपान्तरणका लागि केहीसमय अघिबाट अभियान चलाएका थिए । पार्टीका युवा नेताले वर्तमान स्थितिमा पार्टी चल्न नसक्ने भन्दै रुपान्तरणका लागि  देशव्यापी अभियान चलाएका थिए ।

देशव्यवपी छलफलका क्रममा निस्केका निष्कर्षसहितका सुझाव मंगलबार पार्टी कार्यालयमा दर्ता गराएर प्रतिवेदन बुझाएका हुन् ।

  यस्तो छ, प्रतिवेदनको पूर्णपाठः

Tags :
प्रतिक्रिया दिनुहोस