समानुपातिक निर्वाचन प्रणाली खारेज गर्न काँग्रेस रूपान्तरण अभियानको माग « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

समानुपातिक निर्वाचन प्रणाली खारेज गर्न काँग्रेस रूपान्तरण अभियानको माग


२ श्रावण २०८०, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेस रूपान्तरण अभियानले समानुपातिक निर्वाचन प्रणाली खारेज गर्न माग गरेको छ। 

अभियानका अगुवाहरूले साउन २ गते काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई बुझाएको प्रतिवेदनमा संसदीय चुनाव प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत गर्नुपर्ने उल्लेख छ।

१६ पृष्ठको प्रतिवेदनमा स्थानीय, प्रदेश र संघीय संसद्को विद्यमान संरचना परिवर्तन गर्न माग गरिएको छ। राष्ट्रिय सभालाई समानुपातिक समावेशी बनाउनु पर्ने, राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग र समुदायको बनाउनु पर्ने, उपराष्ट्रपतिलाई नै राष्ट्रिय सभा अध्यक्ष बनाउनु पर्ने अभियानको माग छ। 

पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउन भनिएको प्रतिवेदन मुख्य सचिव पौडेललाई बुझाइएको हो। अभियानका अगुवाहरूले केन्द्रीय समिति बैठक शुरू हुनुअघि प्रतिवेदन बुझाएका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस