मलेसियामा विमान ग्राउन्डेड भएपछि छानबिन समिति गठन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

मलेसियामा विमान ग्राउन्डेड भएपछि छानबिन समिति गठन


२ श्रावण २०८०, मंगलबार


काठमाडौँ । नेपाल वायुसेवा निगमले (नेपाल एयरलाइन्स)को विमान अक्सिजन अभावका कारण मलेसियामा ग्राउण्डेड भएपछि छानबिन गर्न समिति गठन गरेको छ ।

क्वालालाम्पुर–भैरहवा–काठमाडौँ उडानका क्रममा मलेसियामा नेपाल एयरलाइन्सको विमान उडान डिले भएपछि निगमले छानबिन समिति गठन गरेको हो ।

निगमको आरए ४२२ उडान भर्नु अगाडि विमानको क्रू अक्सिजन बोतलको प्रेसर कम भएको भन्दै उडान डिले गरिएको थियो । सबै व्यवस्था गरेपछि अहिले विमान उडान भर्ने तयारीमा रहेको छ ।

तर, निगमले के कारणले यस्तो प्राविधिक समस्या आएको हो सो को सत्य तथ्य पत्ता लगाउन र भविष्यमा यस्तो समस्या हुन नदिन एक छानबिन समिति गठन गरी कारबाही अगाडि बढाइएको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस