काठमाडौँ। सरकारले आर्थिक वर्ष २०७९÷०८० मा वित्तीय समानीकरण अनुदानतर्फ विनियोजित रकममध्ये स्थानीय तहलाई हस्तान्तरण गर्न बाँकी रहेको रकम १२ अर्ब ७३ करोड ६ लाखको ४० प्रतिशत दरले हुने ५ अर्ब ९ करोड २२ लाख स्थानीय तहहरूलाई वित्तीय हस्तान्तरण गर्ने निर्णय गरेको छ ।
असार २६ गते भएको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
बैठकले परराष्ट्र मन्त्री एनपी साउद नेतृत्वको प्रतिनिधि मण्डललाई थाइल्याण्डमा आयोजना हुने बिमस्टेक परराष्ट्र मन्त्रीको रिट्रिटमा भाग लिनका लागि स्वीकृत दिने तथा अर्थमन्त्री डा।प्रकाशशरण महत नेतृत्वको प्रतिनिधि मण्डललाई जी २० को तेस्रो अर्थमन्त्री स्तरीय बैठकमा भाग लिनका लागि पनि स्वीकृति दिने निर्णय गरेको छ ।