सीताको बिदाइ: श्रद्धान्जलीदेखि दागबत्तीसम्म « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सीताको बिदाइ: श्रद्धान्जलीदेखि दागबत्तीसम्म


२७ असार २०८०, बुधबार


काठमाडौँ। सीता दाहालको हिन्दु संस्कार अनुसार दाहसंस्कार गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित दुई छोरीहरूले सीता दाहाललाई दागबत्ती दिएका छन् । बुधबार पशुपति आर्यघाटमा दुई छोरी गङ्गा र रेणुसँगै प्रधानमन्त्री दाहालले पत्नी सीतालाई दागबत्ती दिएका हुन्।

दाहसंस्कार अघि उनलाई राजकीय सम्मान दिइएको थियो । उनको अन्तिम सं‌स्कारमा शीर्ष दलका नेताहरूसहित तमाम कार्यकर्ताहरू आर्यघाट पुगेका थिए । लामो समयदेखि अर्ध चेत अवस्थामा रहेकी सीताको आज बिहान निधन भएको थियो ।

तस्विर : नेपाल न्यूज बैंक

Tags :
प्रतिक्रिया दिनुहोस