काठमाडौँ । महिला तथा सामाजिक मामिला समितिका सभापति रोशन कार्कीले हरेक क्षेत्रमा महिलाको प्रतिनिधित्व बढाउनु पर्ने बताएकी छन् ।
मङ्गलवार सिंहदरवारमा बसेको प्रतिनिधि सभाअन्तर्गत महिला तथा सामाजिक मामिला समितिको बैठकमा उनले हरेक काम गर्दा महिलाहरूको प्रतिनिधित्वलाई पहिलो प्राथमिकतामा राख्नु पर्ने बत्ताएकी हुन् ।
‘महिलाहरूको पोजिसन के त्यो हामीले जान्न जरुरी छ । न्यापालिकामा के छ कार्यपालिकामा के छ ? कुन ठाउँमा के छ ? कुन संस्थामा के छ ? भनेर महिलाहरूको प्रतिनिधित्व के छ ? भनेर बुझ्न पर्छ । अब बस्ने अर्को बैठकमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको प्रस्तुतिको लागि आमन्त्रण गर्ने र मानव कल्याण समाजलाई बोलाउने । हामीले रेडक्रस र सिड भन्ने एउटा संस्था छ त्यसको बारेमा बोलाएर उहाँहरूको प्रस्तुति सुन्ने छौँ । के के गर्दै हुनुहुन्छ भनेर ।
त्यसै अनुसार अगाडी बढ्छौँ । ’ उनले रेडक्रस र सिडसंग बसेर आफूहरू पनि त्यही अनुसार अगाडी बढ्ने बताएकी छन् । अब बस्ने अर्को बैठकमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको प्रस्तुतिका लागि आमन्त्रण गर्ने उनको भनाई छ ।