मनाङ एयरको हेलिकोप्टर दुर्घटना : सबै शव काठमाडौँ ल्याइयो, पोस्टमार्टम गरिँदै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मनाङ एयरको हेलिकोप्टर दुर्घटना : सबै शव काठमाडौँ ल्याइयो, पोस्टमार्टम गरिँदै


२६ असार २०८०, मंगलबार


काठमाडौँ । मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका सबै जनाको शव काठमाडौं ल्याइएको छ ।

त्रिभुवन विमानस्थल कार्यालयका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार शव काठमाडौं शिक्षण अस्पतालमा लगिएको छ । सुरुमा ४ जनाको शव ल्याइएको थियो । दोस्रो हेलिकप्टरमा दुई शवसहित ६ जनाकै शव काठमाडौं ल्याइएको छ ।

मङ्गलवार बिहान भएको हेलिकप्टर दुर्घटनामा एक चालक र ५ जना यात्रुको मृत्यु भएको छ । यात्रु सबै मेक्सिकन नागरिक हुन् । उनीहरू माउन्टेन फ्लाइटका लागि खुम्बु क्षेत्रमा पुगेका थिए ।

सम्बन्धित समाचार : सोलुखुम्बु हेलिकोप्टर दुर्घटनाः अध्ययनका लागि छानबिन समिति बनाइने

सम्बन्धित समाचार : मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा छ जनाकै मृत्यु

सम्बन्धित समाचार : मनाङ एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला 

सम्बन्धित समाचार : सोलुखुम्बुबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

Tags :
प्रतिक्रिया दिनुहोस