मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा छ जनाकै मृत्यु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा छ जनाकै मृत्यु


२६ असार २०८०, मंगलबार


काठमाडौँ । मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा छ जनाकै मृत्यु भएको छ।

हेलिकाेप्टरमा सवार एक नेपाली पाइलटसहित पाँच जना मेक्सिकनकाे शव फेला परेको जिल्ला प्रशासन कार्यालय, साेलुखुम्बले जनाएकाे हाे।

मङ्गलवार बिहान १०:०४ बजे सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडेको हेलिकाेप्टर १०: १२ बजेदेखि नै सम्पर्कविहीन रहेकाे थियाे ।

सम्पर्कविहीन रहेकाे हेलिकाेप्टर ११: २४ मिनेटमा लामजुरा पास नजिकै देउराली भन्ज्याङमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएकाे थियाे।

हेलिकाेप्टर पाइलट चेतबहादुर गुरुङले चलाएका थिए। उक्त हेली सधैँ उड्ने रुटमा नै आएको र्‍याडरमा देखिएको बत्ताइएको छ।

सम्बन्धित समाचार : मनाङ एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला 

सम्बन्धित समाचार : सोलुखुम्बुबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

Tags :
प्रतिक्रिया दिनुहोस