मनाङ एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मनाङ एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला 


२६ असार २०८०, मंगलबार


काठमाडौँ । बेपत्ता भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडेको हेलिकोप्टर सोलुखुम्बुको लाम्जुराबाट मङ्गलवार बिहानदेखि सम्पर्कविहीन भएको थियो ।

हेलिकोप्टर लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त भएको अवस्थामा भेटिएको अधिकारीहरूले जनाएका छन् । खोजी कार्यमा संलग्न ती प्रहरी अधिकारीका अनुसार ५ जनाको शव भेटिएको छ । 

हेलिकोप्टरमा पाइलटसहित ६ जना यात्रु रहेको बुझिएको छ । 

मनाङ एयरको ९एन-एएमभी कल साइन भएको हेलिकोप्टर बिहान १० बजेर १ मिनेटपछि सम्पर्कविहीन बनेको थियो ।

सम्बन्धित समाचार : सोलुखुम्बुबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

Tags :
प्रतिक्रिया दिनुहोस