सोलुखुम्बु हेलिकोप्टर दुर्घटनाः अध्ययनका लागि छानबिन समिति बनाइने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सोलुखुम्बु हेलिकोप्टर दुर्घटनाः अध्ययनका लागि छानबिन समिति बनाइने


२६ असार २०८०, मंगलबार


काठमाडौँ । सोलुखुम्बुबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गर्न सरकारले छानबिन समिति बनाउने भएको छ।

मङ्गलवार जनकपुरधाममा आयोजित नेपाल विद्यापति मैथिली पुरस्कार अर्पण सहारोहपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किराँतीले यस्तो बताएका हुन्।

मङ्गलवार बिहान सोलुखुम्बुबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिकेमा दुर्घटना हुँदा उत्तर अमेरिकी मुलुक मेक्सिकोका ५ जना यात्रु र एक नेपाली पाइलटको मृत्यु भएको थियो।

मन्त्री किराँतीले आफू जनकपुरबाट फर्किएपछि सके आजै र त्यो नभए बुधवारसम्म छानबिन समिति बनाएर मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गरिने बताए।

सम्बन्धित समाचार : मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा छ जनाकै मृत्यु

सम्बन्धित समाचार : मनाङ एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला 

सम्बन्धित समाचार : सोलुखुम्बुबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

Tags :
प्रतिक्रिया दिनुहोस