अभद्र व्यवहार गर्ने ७ नगर प्रहरी हटाइए « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अभद्र व्यवहार गर्ने ७ नगर प्रहरी हटाइए


२६ असार २०८०, मंगलबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडक व्यापारीहरूसँग अभद्र र अमानवीय व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही गरेको छ । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेका अनुसार विभिन्न समयमा सडक व्यापारीसँग अभद्र व्यवहार गर्ने ७ जना करारका नगर प्रहरीलाई जागिरबाट हटाइएको छ भने स्थायी सेवामा रहेका ५ जनालाई निलम्बन गरिएको छ ।

उनले अमानवीय व्यवहार देखिएपछि हामीले यसअघि १२ जना नगर प्रहरीलाई विभागीय कारबाही गरिसकेकोसमेत बताएका छन् ।

यस प्रकारका घटना दोहोरिन नदिन क्षेत्रमा खटिएका प्रहरीहरूलाई केन्द्रीय कार्यालयमा बोलाएर आचरणसम्बन्धी तालिम दिन थालिएको पाण्डेको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस