साढे पाँच करोड गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा नापी सर्वेक्षकले पाए सफाइ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

साढे पाँच करोड गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा नापी सर्वेक्षकले पाए सफाइ


२२ असार २०८०, शुक्रबार


काठमाडौँ । विशेष अदालत काठमाडौँले गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा नापी कार्यालय भक्तपुरका सर्वेक्षक राजेन्द्र काफ्ले र उनकी श्रीमती सुशीला काफ्लेले सफाइ दिएको छ । न्यायाधीशद्वय यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले यस्तो फैसला गरेको हो । 

मुद्दा दायर भएको तीन वर्षपछि विशेषले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मागदाबी बमोजिम कसुर कायम नहुने फैसला गरेको हो । 

अख्तियारले २७ जेठ ०७७ मा मुद्दा दायर गरेको थियो । काफ्ले ०५४ पुसमा सार्वजनिक सेवामा प्रवेश गरेका थिए । त्यसयता ०७६ वैशाखसम्मको सम्पत्ति छानबिन गर्दा गैरकानुनी आर्जन गरेको भेटिएको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस