‘अहिलेको राजनीतिक नेतृत्वबाट प्रहरीलाई काम गर्न सजिलो छ’ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

‘अहिलेको राजनीतिक नेतृत्वबाट प्रहरीलाई काम गर्न सजिलो छ’


२२ असार २०८०, शुक्रबार


काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले वर्तमान राजनीतिक नेतृत्वबाट प्रहरीलाई काम गर्न सहज रहेको बताएका छन्।

शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको सरकार सङ्गठन रूपान्तरण र विकास गर्ने हकमा राम्रो रहेको बताएका हुन्।

उनले साधन श्रोतको कमी, देशको आर्थिक अवस्था कमजोर भएका कारणले प्रहरी प्रशासनलाई केही कठिनाइ भएको पनि बताए। उनले जिल्लाबाटै साइबर अपराधको मुद्दा निर्क्योल गर्ने सरकारले निर्णयले थप सहयोग पुगेको बताए।

प्रहरी प्रशासनलाई बलियो बनाउनका लागि गृह मन्त्रालयबाट राम्रो सहयोग मिले पनि अन्य निकायबाट भने भने अनुसारको सहयोग नपाएको उनको गुनासो छ। उनले प्रहरी समायोजनको विषय सरकारले तोकेको समयमा नै हुने विश्वास रहेको र सरकारको निर्णयमा आफूहरू कार्यान्वयनका लागि तयार रहेको बताए।

उनले भने, ‘अहिलेको राजनीतिक नेतृत्वबाट प्रहरीलाई कामकाज गर्न सजिलो छ। प्रहरीले आफ्नो कार्य सम्पादन गर्न सक्छ। समग्र रूपमा सङ्गठन रूपान्तरण र विकास गर्ने हकमा वातावरण राम्रो छ। त्यो वातावरण अहिलेको राजनीतिक नेतृत्वबाट प्राप्त भएको छ।’

Tags :
प्रतिक्रिया दिनुहोस