अब आयातित सामानमा पैठारीकर्ता र वितरकको ‘लेबल’ अनिवार्य राख्नु पर्ने « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

अब आयातित सामानमा पैठारीकर्ता र वितरकको ‘लेबल’ अनिवार्य राख्नु पर्ने


२२ असार २०८०, शुक्रबार


काठमाडौँ । १ साउन २०८० देखि उपभोक्तासम्म आइपुग्ने हरेक आयातित वस्तुमा आयातकर्ता र बजार वितरकको ‘लेबल’ अनिवार्य राख्नु पर्ने भएको छ ।

आर्थिक ऐन २०८० ले यस्तो प्रावधान गरेको थियो । यस प्रावधानलाई कार्यान्वयन गर्न अर्थ मन्त्रालय, भन्सार विभागले सबै पैठारीकर्ता र बजार वितरकलाई सूचित गरेको छ ।

विभागका अनुसार बजारमा आउने हरेक वस्तुको उत्पादन भएको मुलुक र यसको वितरणकर्ताबारे उपभोक्तालाई जानकारी होस् भन्ने उद्देश्यले आगामी आर्थिक वर्षबाट यस्तो लेबल अनिवार्य गरिएको हो ।

आर्थिक ऐनको भन्सारसम्बन्धी अनुसूची १ को दफा १८ को उपदफा ४ अनुसार १ साउन २०८० पछि पैठारी हुने तयारी मालवस्तु बजारमा बिक्री वितरणमा पठाउनु अघि त्यस्ता मालवस्तुको प्याकिङमा आयातकर्ता र बजार वितरकको पूरा विवरण भएको लेबल लगाएर मात्र पठाउनु पर्छ ।

यसरी लेबल नगरी बजारमा बिक्री वितरणका लागि पठाइएको पाइएमा अनुगमन गर्ने अधिकारीले त्यस्ता मालवस्तु जफत गर्न सक्ने अधिकार समेत पाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस