दुई लाख घुससहित लेखा अधिकृत कार्यकक्षबाटै अख्तियारको नियन्त्रणमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

दुई लाख घुससहित लेखा अधिकृत कार्यकक्षबाटै अख्तियारको नियन्त्रणमा


२२ असार २०८०, शुक्रबार


काठमाडौँ । मोरङको सुन्दरहरैँचा नगरपालिकाका लेखाधिकृत शेखर ढकाल दुई लाख घुससहित कार्यकक्षबाट पक्राउ परेका छन्। 

शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरी कार्यालयको टोलीले उनलाई घुससहित कार्यकक्षबाटै नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता भोला दाहालले प्रशासनलाई जानकारी दिए ।  

उनले नगरपालिका कार्यालयको विभिन्न मर्मतसम्भार कार्यको भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा कार्यकक्षबाटै नियन्त्रणमा लिएको प्रवक्ता दाहालले बताए । उनीमाथि अनुसन्धान भइरहेको आयोगले जनाएको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस