ओलीले भने-प्रधानमन्त्रीले भारतलाई विवादमा तानेर स्वार्थ पूरा गर्न खोजे « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

ओलीले भने-प्रधानमन्त्रीले भारतलाई विवादमा तानेर स्वार्थ पूरा गर्न खोजे


२२ असार २०८०, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीले भारतलाई विवादमा तानेर आफ्नो स्वार्थसिद्ध गर्न खोजेको आरोप लगाएका छन् ।

शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले भारतले नेपालमा सरकार बनाउँछु नभनेको बताए । उनले अघि भने, ‘त्यो भन्नु सार्वभौमसत्ता विपरीत हुन्छ, यो कुरा भारतलाई पनि थाहा छ ।’

तर नेपालका प्रधानमन्त्रीले ‘नेपालको सार्वभौमसत्ता नेपालमा छैन, नेपालको सांसदहरुले सरकार बनाउने होइन, दिल्ली दौडिएर बन्छ । धेरै पटक मलाई बनाउन पनि मान्छे कुदेका थिए’ भनेर राष्ट्रियतामाथि मजाक उडाइरहेको उनले बताए ।

उनले अघि भने, ‘यसमा भारतलाई मुछ्नुपर्ने केही छैन । भारतले केही भनेकै छैन ।’

भारतलाई समेत विवादमा तानेर आफ्नो स्वार्थ सिद्धी गर्न खोजेको भन्दै ओलीले भने, ‘यस प्रसङ्गमा कसैले बोलोस्, अनि भारतलाई भनौँला भन्ने सोच हुनसक्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस