कोशी प्रदेशका मुख्यमन्त्री थापाले लिए शपथ « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

कोशी प्रदेशका मुख्यमन्त्री थापाले लिए शपथ


२२ असार २०८०, शुक्रबार


काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले शपथ लिएका छन् ।

बिहीबार मुख्यमन्त्री नियुक्त भएका उनलाई आज प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

थापासँगै नेपाली कांग्रेसका प्रदीप सुनुवार र नेकपा एकीकृत समाजवादीका कमल जवेगुले मन्त्रीको शपथ लिएका छन् ।

थापा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस