बाढीले मेलम्ची र फट्टेको ह्युमपाइपमा क्षति « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

बाढीले मेलम्ची र फट्टेको ह्युमपाइपमा क्षति


२२ असार २०८०, शुक्रबार


सिन्धुपाल्चोक । अविरल वर्षापछि मेलम्चीमा आएको बाढीले ह्युमपाइप राखेर बनाइएको दुई पुलमा क्षति पुर्‍याएको छ ।

गए रातिको वर्षाले मेलम्ची तथा इन्द्रावती दुवै नदीको ह्युमपाइपमा क्षति भएको फट्टेका स्थानीय दशरथ दनुवारले जानकारी दिए । ‘फट्टेबाट अब सवारीसाधन चल्ने अवस्था छैन’, उनले भने ।

फट्टेको पुल क्षति हुँदा मेलम्ची नगरपालिका–७ र ८, हेलम्बु गाउँपालिका-२ र ३ तथा पाँचपोखरी थाङपाल गाउँपालिका–१ र २ का बासिन्दा प्रभावित भएका छन् ।

इन्द्रावती नदीमा भने आज बेली ब्रिजको उद्घाटन हुँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस