२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धौलागिरिमा ९२ प्रतिशत योजना सम्पन्न

अ+ अ-

म्याग्दी । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धौलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९/८० मा बजेट विनियोजन गरेको पूर्वाधार निर्माणका ९२ प्रतिशत योजना सम्पन्न गरेको छ ।

आव सकिन ११ दिन बाँकी रहँदा उपभोक्ता समितिमार्फत कार्यान्वयन भएका अधिकांश योजनाको भुक्तानी गरिसकेको धौलागिरिले ७० दशमलव ५४ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । गाउँपालिकाको योजना शाखाका प्रमुख रमेश पौडेलले पूर्वाधारका एक सय ४५ वटा योजनामध्ये बिहीबारसम्म एक सय ३४ वटाको अन्तिम किस्ता भुक्तानी सकिएको जानकारी दिए । ‘एक सय ३३ वटा उपभोक्ता समिति र एक वटा ठेक्कामार्फत सञ्चालित योजना सकिएको छ’, उनले भने, ‘ठेक्कामार्फत कार्यान्वयन भएका र धेरै बजेट भएका केही आयोजनाको प्राविधिक नाप जाँच गरेर भौतिक प्रगतिको आधारमा भुक्तानी गर्ने तयारीमा छौँ ।’

लेखा शाखाका प्रमुख तिलक पौडेलले कूल रु ४७ करोड ४० लाख ७३ हजार आठ सय १९ बजेट विनियोजन भएकोमा बिहीबारसम्म रु ३३ करोड ४४ लाख ३५ हजार चार सय ५६ खर्च भइसकेको बताए । ‘बजेटको आकार ठूलो भएका आयोजनाको भुक्तानी भयो भने खर्चको प्रतिशत अझ बढ्छ’, उनले भने,’बाँकी र प्रक्रियामा रहेका फाइलको भुक्तानी हुँदासम्म वित्तीय प्रगति असी प्रतिशत नाघ्ने अनुमान गरेका छौँ ।’

पूर्वाधार विकास शीर्षकको रु १० करोड १० लाख ६१ हजार दुई सय ७७ मध्य ५८ दशमलव ६४ प्रतिशत अथवा रु पाँच करोड ९२ लाख ६० हजार नौ सय ५९ खर्च भएको छ । यातायात पूर्वाधारमा रु चार करोड ४४ लाख ७१ हजार पाँच सय ५६ विनियोजन भएकोमा ६३ दशमलव ७७ प्रतिशत अथवा रु दुई करोड ८३ लाख ५० हजार ६७ खर्च भएको छ । रु पाँच करोड २३ लाख ८३ हजार सात सय २१ विनियोजन भएको भवन, आवास तथा सहरी विकास शीर्षकको ५४ दशमलव १२ अथवा रु दुई करोड ८३ लाख ५० हजार ६७ खर्च भएको छ ।

पूर्वाधारतर्फ सडक, पदमार्ग, भवन, झोलुङ्गे पुल, खानेपानी, सडक स्तरोन्नतिलगायतका आयोजना सञ्चालन भएका थिए । प्रमुख प्रशासकीय अधिकृत ध्रुव रिजालले दरबन्दीको एक तिहाइमात्र कर्मचारी, भौगोलिक विकटताका बाबजुद जनप्रतिनिधिको समन्वय र समुदायको सक्रियताका कारण योजना कार्यान्वयनमा सहज भएको बताए ।

‘दरवाङ–धारापानी सडक निर्माणका क्रममा बादिकाको उकालोमा यातायात अवरुद्धका साथै बर्सातका कारण ठूला आयोजना कार्यान्वयनमा समस्या भयो’, उनले भने, ‘जनप्रतिनिधि र कर्मचारीको सक्रियताका साथै गाउँपालिकाको कामलाई दिनरात नभनी प्राथमिकता दिएका कारण यो सफलता मिलेको हो ।’

गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले सीमित जनशक्ति र स्रोतको अधिकतम परिचालन गर्ने नीतिका साथै समयमै योजनाको लागत अनुमान तयार पार्ने, उपभोक्ता समिति गठन, नियमित अनुगमन र समन्वय गरेर आर्थिक वर्षको अन्तमा गरिने असारे विकासको प्रवृत्ति हटाउने प्रयास गरेको बताए ।

‘उपभोक्ता समितिलाई समयमै काम सम्पन्न गर्नुपर्छ भन्ने महसुस गराउन सक्यौ, उहाँहरूबाट पनि सहयोग पाइयो’, उनले भने, ‘विगतका वर्षमा भीडभाड हुने कार्यालय अहिले सुनसानजस्तै छ । हामी जनप्रतिनिधि र कर्मचारीले समयमै काम सकेकाले फुर्सदिला भएका छौँ ।’

यसअघिका वर्षमा सुरु भएका वडा नम्बर २ र ७ को कार्यालय, गुर्जा र मुना स्वास्थ्यचौकीको भवन निर्माण सम्पन्न गर्नुका साथै वडा नम्बर २ को खोरीया, लमसुङ, लुलाङ, वडा नम्बर ५ को मलम्पारमा सडक पुर्‍याउनु चालु आवको भौतिक तर्फको प्रमुख उपलब्धि भएको अध्यक्ष प्रेमप्रसाद पुनले बताए ।

यसैगरी गाउँपालिकाको स्थायी केन्द्र घट्टेखोलामा प्रशासकीय भवन, मराङमा वडा नम्बर ६ को कार्यालय र मुदीमा स्वास्थ्यचौकीको भवन निर्माण सुरु भएको छ । गुर्जा, मल्कवाङ, भेडिखाल्टा र पन्थोकमा खानेपानी आयोजना निर्माण भएको छ । ताकममा निर्माणाधीन पाँच शय्या क्षमताको अस्पताल भवनका ठेकेदार काममा नफर्किँदा यस वर्ष प्रगति हुन सकेन ।

आगामी आवमा सङ्घीय र प्रदेश सरकारसँगको साझेदारीमा गुर्जालाई सडक सञ्जालसँग जोड्न, यसअघि सुरु भएका आयोजनालाई पूर्णता दिन प्राथमिकता दिएर बजेट विनियोजन गरेको अध्यक्ष पुनले बताए ।