प्रधानमन्त्रीको राजीनामा कल्पना पनि गर्न सकिँदैन : माओवादी केन्द्र « प्रशासन
Logo २३ भाद्र २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

प्रधानमन्त्रीको राजीनामा कल्पना पनि गर्न सकिँदैन : माओवादी केन्द्र


२१ असार २०८०, बिहिबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्रीको राजीनामा कल्पना गर्न पनि नसकिने बताएका छन्।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरूको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले दिएको अभिव्यक्तिका बारेमा संसदमा आफ्ना धारणा राख्ने र भावनात्मक विषयवस्तुलाई अर्कै प्रसङ्गमा बोलिएका व्यक्तिगत कुरालाई लिएर सदन अवरुद्ध गर्नु उचित नभएको बताए।

उनले बाहिरको विषयवस्तुलाई संसदमा ल्याएर एकैपटक प्रधानमन्त्रीको राजीनामा माग्नु नौलो कुरा भएको बताए।

उनले भने, ‘प्रधानमन्त्रीज्युलू राजीनामा गर्नुपर्छ भन्नेकुरा आयो, त्यो त कल्पना पनि गर्न सकिँदैन। उहाँले के भन्नुभएको हो भन्नेबारेमा प्रधानमन्त्रीज्यूले संसदमा आफ्ना विषयवस्तु राखिहाल्नुहुन्छ। यो एउटा भावनात्मक विषयवस्तु कतै अर्कै प्रसङ्गमा व्यक्तिगत कुरा त्यो पनि धेरै वर्ष पहिलाको कुरा ल्याएर जसरी गरियो, यो बेठिक कुरा हो। सदनमा प्रधानमन्त्रीले आफ्ना कुरा राख्ने, प्रधानमन्त्रीले के भन्नुभएको थियो भन्ने विषयवस्तु नआइकन एउटा कहीँ भएको विषयवस्तुलाई एकैपटक संसदमा ल्याएर राजीनामा माग्ने अनौठो कुरा भयो। यसबारेमा प्रधानमन्त्रीले बोल्ने संसदमा, प्रधानमन्त्रीले संसदमा बोल्न नपाउने भए कसले पाउने हो।’

Tags :
प्रतिक्रिया दिनुहोस