विपक्षी दलहरूको अवरोधका कारण संसद बैठक स्थगित « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

विपक्षी दलहरूको अवरोधका कारण संसद बैठक स्थगित


२० असार २०८०, बुधबार


काठमाडौँ। विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधि सभाको बैठक आधा घण्टा स्थगित भएको छ ।

प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक पटक दिल्ली गएको भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दलहरू एमाले, रास्वपा र राप्रपाका सांसदहरुले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेको सूचना दिएका हुन् ।

एमाले सांसद रघुजी पन्तले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक पटक दिल्ली गएको भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिमा आपत्ति जनाए । उनले अघि भने, ‘नैतिकताका आधारमा प्रधानमन्त्री पदमा बस्नु उपयुक्त हुन्न, उहाँले राजीनामा गर्नुस् ।’

प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने उनले बताएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस