एमालेले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर संसदमा विरोध गर्ने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एमालेले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर संसदमा विरोध गर्ने


२० असार २०८०, बुधबार


काठमाडौँ । नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर एमालेले विरोध गर्ने भएको छ।

बुधबार संसद् भवन बानेश्वरमा बसेको पार्टी संसदीय दलको बैठकले प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।

यो अभिव्यक्ति सामान्य विषय नभएको र एमालेले यसको सशक्त विरोध गर्ने उनले बताए।

सोमबार राजधानीमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक भारत गएको अभिव्यक्ति दिएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस