२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमतीमा निजामती ऐन कार्यान्वयन, २ कर्मचारीको बढुवा 

अ+ अ-

काठमाडौँ । बागमती सरकारले प्रदेश निजामती ऐन कार्यान्वयनमा ल्याएको छ। ऐन कार्यान्वयनमा ल्याएसँगै कर्मचारी सरुवा बढुवा सुरु गरेको छ।

बुधबार बसेको बागमती मन्त्रिपरिषद्को बैठकले प्रदेश निजामती ऐन, २०७९ कार्यान्वयनमा ल्याउने निर्णय गरेको बागमती  प्रदेशका प्रदेश प्रमुख सचिव मुकुन्द प्रसाद निरौलाले बताए । 

यससँगै प्रदेश सरकारले पहिलो पटक प्रदेश ऐनको दफा १५ को उपदफा १ बमोजिम दुई जना कर्मचारीलाई बढुवा गरेको छ।

मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकार अन्तर्गत कार्यरत डा. चन्द्रप्रसाद लुइँटेल र पूर्णबहादुर दर्जीलाई बढुवा गरेको सचिव निरौलाले बताए । 

उनका अनुसार डा. लुइँटेल र पूर्णबहादुर दर्जीलाई प्रदेश प्रशासन सेवा, एघारौँ तहमा बढुवा गरेको हो ।

प्रदेश निजामती सेवा ऐन बमोजिम सातौँ, नवौँ तहमा यस अघि नै बढुवा गरिसकिएको तर एघारौँ तहमा पहिलो पटक हो भने स्वास्थ्य सेवा एवम् इन्जिनियरिङ सेवाको पनि १/२ दिन भित्रै बढुवा गरिने छ।

उपरोक्त दरबन्दीहरू प्रदेश सेवा बाटै रहने गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण प्रदेशमा निकाय स्थापना गर्दाकै बखत संघीय सरकारले नै स्वीकृत गरेको हो।

लामो समय सङ्घबाट पदपूर्ति नभएको र प्रदेशमा समायोजन भएका कर्मचारीहरूमा उत्प्रेरणा कायम राख्न एवम् रिक्त पदपूर्ति गरी कर्मचारी अभावबाट विकास निर्माणका कामहरू कार्यान्वयनमा बाधा नहोस् भन्नाका निमित्त प्रदेश सभाको अघिल्लो अधिवेशनबाट प्रदेश निजामती सेवा ऐन र बागमती प्रदेश भित्रका स्थानीय तहहरूका काम कारबाहीमा नियमितता दिन त्यहाँ कार्यरत कर्मचारीहरूको लागि स्थानीय तह (गठन तथा सञ्चालन) ऐन जारी भएको छ।

प्रदेश र स्थानीय तहका कर्मचारीहरूको अभिलेख व्यवस्थापनका लागि प्रदेश किताबखाना स्थापना भई राष्ट्रिय किताबखानाबाट केही महिना अघि पोर्टल समेत पहिलो पटक बागमती प्रदेश सरकारलाई हस्तान्तरण भई दुवै तहका अभिलेखका लागि काठमाडौँ धाइरहन पर्ने अवस्था पनि हटेको छ।

प्रदेशमा ११ तहको सचिव रहने व्यवस्था ऐनमा गरिएको तर अहिले सम्म प्रदेशबाट पूर्ति भने गरिएको छैन, बढुवा गरिएको पद  ११ तह भएता पनि प्रदेश सचिवका लागि विज्ञापित पद होईनन।

प्रतिक्रिया दिनुहोस