घट्यो इन्धनको मूल्य « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

घट्यो इन्धनको मूल्य


१८ असार २०८०, सोमबार


काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगमले आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल ७.५ रुपैयाँ, डिजेल ६ रुपैयाँ र मट्टितेल ५ रुपैयाँले घटाएको छ । 

अब काठमाडौँ‚ पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्ने छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पर्ने छ ।

विराटनगर, जनकपुर, वीरगञ्जसहित तराईका जिल्लामा पेट्रोलको मूल्य प्रतिलिटर १६७.५ रुपैयाँ पर्ने छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४७.५ रुपैयाँ पर्ने छ ।

सुर्खेत र दाङमा भने पेट्रोलको मूल्य प्रतिलिटर १६९ रुपैयाँ पर्ने छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४९ रुपैयाँ पर्ने छ ।

निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ ।

आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँ तथा बाह्य इन्धनको मूल्य १५ रुपैयाँले घटेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस