एसइईको नतिजा २०७२ को निर्देशिका अनुसार नै सार्वजनिक गर्ने निर्णय  « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

एसइईको नतिजा २०७२ को निर्देशिका अनुसार नै सार्वजनिक गर्ने निर्णय 


१८ असार २०८०, सोमबार


काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजा लेटर ग्रेडिङ निर्देशिका–२०७२ अनुसार नै सार्वजनिक गर्ने निर्णय गरेको छ ।

आज सोमवार बसेको बोर्डको बैठकले यसअघिकै व्यवस्था अनुसार नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । बोर्डका का अनुसार नयाँ निर्देशिका २०७८ बमोजिम सैद्धान्तिक विषयमा विद्यार्थीले अनिवार्य ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने व्यवस्था छ । नयाँ पद्धतिअनुसार सबै विषयमा ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउनेलाई ‘नन ग्रेडेड’ मा राख्ने व्यवस्था छ ।

यस वर्ष पुरानै पाठ्यक्रम अनुसार परीक्षा सञ्चालन भएकोले नतिजा पनि पुरानै व्यवस्थाअनुसार सार्वजनिक गर्ने बोर्डले जनाएको छ । कक्षा १२ मा भने लेटर ग्रेडिङ निर्देशिका-२०७८ कार्यान्वयन भइसकेको र अर्को वर्षदेखि एसइईमा पनि नयाँ व्यवस्था लागू हुने जनाइएको छ । 

एसईईको नतिजा सार्वजनिक गर्ने अन्तिम निर्णयका लागि भोलि बुधवार बोर्ड बैठक डाकिएको छ । सकेसम्म बिहीवार यदि प्राविधिक कारण नसकेमा शुक्रवार नतिजा सार्वजनिक गर्ने तयारी रहेको बोर्डको भनाई छ । 

Tags :
प्रतिक्रिया दिनुहोस