कोशीमा काँग्रेसका थापालाई मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

कोशीमा काँग्रेसका थापालाई मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय


१८ असार २०८०, सोमबार


काठमाडौँ । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसको प्रदेश संसदीय दलका नेता उद्धव थापालाई अघि बढाउने गठबन्धन दलहरूले निर्णय गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन दलका शीर्ष नेताहरूको बैठकले थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको एक नेताले जानकारी दिए । 

कोशी प्रदेशभित्र गठबन्धनमा सबैभन्दा ठूलो संख्या काँग्रेसको रहेकाले बाँकी सिट संख्या पुर्‍याउने जिम्मा पनि काँग्रेसलाई नै दिइएको ती नेताले बताए ।  

बैठकले विभिन्न प्रदेशमा मन्त्रिमण्डलमा राख्नुपर्ने सदस्यहरूको पनि टुङ्गो लगाएको बताइएको छ   

त्यस्तै, जनमत पार्टीलाई पनि सरकारमा सहभागी गराउने र मन्त्रालयका बारेमा उचित निष्कर्ष निकाल्ने सहमति भएको छ।

बैठकमा विभिन्न विश्वविद्यालयका पदहरूको व्यवस्थापन गर्ने विषयमा पनि छलफल भएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस