राष्ट्रिय तथ्याङ्क प्रणाली सम्बन्धी पुस्तक प्रकाशन « प्रशासन
Logo २५ भाद्र २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

राष्ट्रिय तथ्याङ्क प्रणाली सम्बन्धी पुस्तक प्रकाशन


१८ असार २०८०, सोमबार


काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालको राष्ट्रिय तथ्याङ्क प्रणाली विषयगत लेखहरूको सँगालो प्रकाशनमा ल्याएको छ। 

यसले नेपालको आधिकारिक तथ्याङ्क प्रणाली सुदृढीकरणका लागि टेवा पुर्‍याउनुका साथै तथ्याङ्क उत्पादक, तथ्याङ्क प्रदायक, प्रयोगकर्ता, अनुसन्धान तथा तालिम केन्द्रहरूका लागि सहयोगी हुने अपेक्षा कार्यालयले गरेको छ।  

प्रकाशनमा नेपालको राष्ट्रिय तथ्याङ्क प्रणालीसँग सम्बन्धित विषयगत तथ्याङ्क र यसका अवयवहरूको बारेमा विस्तृत रूपमा समेटिएको छ। पुस्तकमा ३४ जना लेखकका ३० ओटा लेखहरू समावेश छन।  

प्रकाशनको सार्वजनीकरण राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी राम प्रसाद थपलिया, राष्ट्रिय योजना आयोगका सचिव डा. तोय नारायण ज्ञवाली, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव सुमनराज अर्याल तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव ड.। गणेश प्रसाद पाण्डेले संयुक्त रूपमा गरेका थिए। 

सरकारले आगामी आवको बजेटमा राष्ट्रिय तथ्याङ्क कार्यालय अन्तरगत रहेका ३३ वटा जिल्ला तथ्याङ्क कार्यालयहरू खारेज गरी प्रदेश र स्थानीय तहलाई तथ्याङ्कीय क्रियाकलापका लागि सुदृढ गर्ने जनाएको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस