बाढीका कारण तीन घरमा क्षति « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

बाढीका कारण तीन घरमा क्षति


१८ असार २०८०, सोमबार


काठमाडौँ । आज बिहान परेको अविरल वर्षापछि आएको लेदोसहितको बाढीले हुम्लाका तीन घरमा क्षति पुर्‍याएको छ । नाम्खा गाउँपालिका-३ खगालगाउँका तीन घरमा लेदोसहितको बाढीले क्षति पुर्‍याएको स्थानीय यज्ञबहादुर शाहीले जानकारी दिए ।

आज बिहान परेको भीषण वर्षापछि आएको बाढीले पेमा छिरिङ लामा, लुन्डुप रिञ्जिन लामा र छोईकी लामाको घरमा क्षति पुर्‍याएको हो । 

लेदोसहितको भल घरभित्र पसेपछि सामान, अन्नपात, भाँडाकुँडा, लत्ताकपडालगायतका सामग्रीमा क्षति पुर्‍याएको उनको भनाइ छ । लुन्डुप रिन्जिन लामाको घरमा एकातर्फको पर्खाल भत्किएर घरभित्र लेदो पसेको थियो । 

बाढीले खेतीयोग्य जमिन र बालीमा समेत क्षति पुर्याएको प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । हाल प्रहरी घटनास्थलतर्फ गएको र प्रहरी पुगेपछि मात्रै क्षतिको विवरण आउने उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस