अवैध सम्पत्ति नियन्त्रणमा सरकारले हेलचक्य्राइँ गरेको छैन : कानुनमन्त्री « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

अवैध सम्पत्ति नियन्त्रणमा सरकारले हेलचक्य्राइँ गरेको छैन : कानुनमन्त्री


१७ असार २०८०, आइतबार


काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सरकारले अवैध सम्पत्तिलाई नियन्त्रण गर्ने कुरामा हेलचक्य्राइँ नगरेको बताएका छन् ।

आइतबार प्रतिनिधि सभाको दोस्रो बैठकमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिने क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले कालो धन, अवैध सम्पत्तिलाई नियन्त्रण गर्ने कुरामा सरकारले ठूलो–सानो, दायाँ–बायाँ केही पनि नहेर्नेसमेत स्पष्ट पारे ।

मन्त्री गुरुङले सरकार पीडितलाई न्याय दिने र पीडकलाई कारबाही गर्ने कुरामा पछि नपर्ने पनि पटक–पटक दोहोर्‍याए ।

मन्त्री गुरुङले भने, ‘कालोधन, अवैध सम्पत्तिलाई नियन्त्रण गर्नुपर्ने कुरामा दुई मत रहेन । यसको हेलचक्य्राइँ भइरहेको सन्दर्भ उठेको छ । पटक्कै हेलचक्य्राइँ गर्न खोजिएको छैन । माथि होस कि तल । दायाँ होस कि बायाँ कोही पनि पीडकलाई छोड्नु हुन्न । यदि हामी न्यायको पक्षमा उभिन्छौँ भने, यदि हामी पीडितको पक्षमा उभिन्छौँ भने माथिलाई छोड्ने, तललाई समात्ने हुँदै होइन । सरकार अहिले त्यही बाटोमा अघि बढिराखेको छ । ठूलो-सानो हामी हेर्दैनौँ । अनुहार पनि हेर्दैनौँ । राजनीतिक पार्टी पनि हेर्दैनौँ । ’

Tags :
प्रतिक्रिया दिनुहोस