सामुदायिक वनमा भेटियो ३३ किलोको अजिङ्गर « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सामुदायिक वनमा भेटियो ३३ किलोको अजिङ्गर


१६ असार २०८०, शनिबार


काठमाडौँ । मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने मनहरि गाउँपालिका-३ स्थित लामिटार सामुदायिक वनमा शनिबार ३३ किलोको अजिङ्गर फेला परेको छ।

अजिङ्गरले हाँडीखोलाको लामिटार जङ्गलमा बोका मारेपछि स्थानीयले नियन्त्रणमा लिएर पर्सा राष्ट्रिय निकुञ्जको जिम्मा लगाएका छन्।

लामिटारका लक्ष्मण राईले चराउन लगेको बोकालाई अजिङ्गरले आक्रमण गरेपछि स्थानीय युवाले नियन्त्रणमा लिएका थिए।

पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र घोषणा भएपछि पहिलो पटक स्थानीय जङ्गलमा अजिङ्गर देखा परेको हो।

केही दिनअघि लामिटारका जने राईको खेतमा भेटिएको अजिङ्गरलाई पनि नियन्त्रणमा लिएर निकुञ्जको जिम्मा लगाइएको थियो।

पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गतको लामिटार सेक्टर पोस्टका रेन्जर विष्णु पौडेलले दुवै अजिङ्गरलाई निकुञ्जको ‘कोर एरिया’ मा छाडिएको जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस