तीन हजारभन्दा बढी गाडी पत्रु गर्नुपर्ने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

तीन हजारभन्दा बढी गाडी पत्रु गर्नुपर्ने


१५ असार २०८०, शुक्रबार


काठमाडौं । पुराना सार्वजनिक सवारीसाधनलाई पत्रु बनाउने वाग्मती प्रदेश सरकारको नीति कार्यान्वयनमा सुस्त भएको छ । प्रदेश सरकारले गत जेठ २ गते ३५ दिनभित्र पुराना गाडी पत्रु गर्न सूचना जारी गरेको थियो ।

तर, सूचनाअनुसार गाडी पत्रु गर्नका लागि सवारी धनी नआएको श्रम रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ । वातावरण प्रदूषण र सुरक्षाका दृष्टिकोणले सुरक्षित नहुने भएका कारण पुराना गाडी पत्रु (सञ्चालनमा रोक लगाएर व्यवस्थापन) गर्नुपर्ने व्यवस्था छ ।

दर्ता भएको मितिले विद्युतीय सवारी साधनको हकमा ३० वर्ष र अन्य सवारी साधन २० वर्ष नाघेपछि पत्रु गर्नुपर्ने व्यवस्था वाग्मतीको सवारी तथा यातायात व्यवस्था ऐन २०७५ को दफा १९ (४) मा छ ।

ऐनको दफा १९ (५) मा प्राविधिक दृष्टिकोणले उपयुक्त देखिएमा त्यस्ता सवारीलाई विद्युतीय सवारीमा रूपान्तरण गर्न सकिने व्यवस्थासमेत उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस