शरणार्थी प्रकरणका अभियुक्तहरूले दिए थुनछेक आदेशविरुद्ध उच्च अदालतमा निवेदन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

शरणार्थी प्रकरणका अभियुक्तहरूले दिए थुनछेक आदेशविरुद्ध उच्च अदालतमा निवेदन


१३ असार २०८०, बुधबार


काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तले काठमाडौँ जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दिएका छन् ।

असार १ गते न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले पक्राउ परेका १८ जनामध्ये दुईजनालाई धरौटीमा रिहा र १६ जनालाई थुनामा पठाउन आदेश दिएको थियो ।

जिल्ला अदालतको आदेश बेरितको रहेको दाबीसहित निवेदकले उक्त आदेश खारेज गरी धरौटीमा रिहा गर्न माग गरेका छन् ।

आदेशपछि प्रतिवादीमध्येका टङ्क गुरुङ १० लाख र लक्ष्मी महर्जन पाँच लाख धरौटीमा रिहा भएका थिए । मुद्दामा प्रतिवादी रहेका हाई प्रोफाइलहरू बालकृष्ण खाँण, टोपबहादुर रायमाझीलगायत सबैलाई जगन्नाथ देवको केन्द्रीय कारागारमा थुनामा पठाइएको थियो ।

प्रतिवादीमध्येका हालसम्म पूर्वसंविधान सभा सदस्य आङ्टावा शेर्पा, खाँणका स्वकीय सचिव नरेन्द्र केसी र गोविन्द चौधरीको तर्फबाट जिल्ला अदालतको थुनछेक आदेश बदर माग गर्दै निवेदन परेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस