प्रधानमन्त्रीको ६ महिने समीक्षा (पूर्णपाठ) « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रधानमन्त्रीको ६ महिने समीक्षा (पूर्णपाठ)


१३ असार २०८०, बुधबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक बहसको स्तर खस्केकोप्रति चिन्ता व्यक्त गरेका छन् । प्रतिनिधि सभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै चौतर्फी अविश्वास खडा गर्ने र लोकतान्त्रिक संस्थाविरुद्ध मोहभंग पैदा गर्ने प्रयास भइरहेको बताए ।

उनले भने, ‘संसद्सँगै पनि मेरो गुनासो छ । भर्खरैको मेरो भारत भ्रमणमा वर्षौंदेखि रोकिएको नेपाल-भारत पारवहन सन्धि संशोधनसहित नवीकरण भयो । भारत र तेस्रो विश्वसम्म विद्युत् निर्यातका लागि ऐतिहासिक ब्रेक थ्रू भएको छ । तर, हामीले यति ठूला उपलब्धिलाई छाडेर मुर्रा राँगो हो कि भैँसी भन्ने विवादमा संसदको लामो समय लियौँ । यस्ता घटनाबाट जनतामा पर्ने प्रभावबारे यो सम्मानित संसद गम्भीर होस् भन्ने मेरो आग्रह छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस